काठमाडौँ । सोमबार तोलामा एक हजार घटेको सुनको मूल्य आज एक हजार सात सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ४२ हजार सात सय कायम भएको छ। त्यसैगरी तेजाबी सुनको मूल्य एक लाख ४२ हजार छ।

चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य एक हजार ८ सय ६० कायम भएको महासंघले जनाएको छ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको थियो।

सोमबार छापावाल सुन १ लाख ४१ हजार, तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। हिजो चाँदी १ हजार ८ सय ३५ रुपैयाँ थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय