काभ्रे । नेकपा माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) भुम्लु गाउँ पालिका समितिको दोस्रो सम्पन्न भएको छ। सोमबार सम्पन्न दोस्रो सम्मेलनबाट सविन थापाको अध्यक्षतामा २७ सदस्य गाउँपालिका समिति चयन गरेका छन् ।

समितिको उपाध्यक्षहरुमा रमिला थापा, सुमन महत र आयुष्मा श्रेष्ठ सचिवमा करुण राज गिरि, सहसचिवहरुमा निकेश पहरी, सुजन तामाङ र सुशील पहरी र कोषाध्यक्षमा सन्तोषी कुबर चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा मनिष राज गिरि, कुमार ढलाकोटी, सुरज खडका, प्रकृति महत, सदिक खडका, नवराज खडका, सुनमाया तामाङ, सृष्टि उप्रेती, लिजा तामाङ, सबिन पहरी, पुष्पा भुजेल, अरिमा पहरी, प्रशान्त गिरि, सरोज भन्डारी, करिष्मा दर्जी र सीता भुजेल सर्व सहमतमा चयन भएका छन् ।

कार्यक्रम उद्घाटन प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)बागमती प्रदेश समितिको सचिवालयको सदस्य एवं काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ(अनुशील)ले दिप प्रज्वलन गरि उद्धघाट गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घिसिङले अखिल(क्रान्तिकारी)विद्यार्थीहरुको हकहित,राष्ट्रियता र जनजीविकाको लागि लड्दै आएको क्रान्तिकारी विद्यार्थीहरु सच्चा गौरवशाली संगठन रहेको बताउनु भयो। शैक्षिक माफिया, निजीकरण,व्यापारीकरणको विरुद्ध र महंगी भ्रष्टाचारको विरुद्ध पनि लड्दै आएको संगठन रहेको बताउनु भयो। विगतमा देशमा गणतन्त्र स्थानपना गर्न संघर्ष गरेको संगठनले अब समाजवादी शिक्षा प्रणाली स्थान गर्न संघर्ष गर्नुपर्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश समितिको सदस्य एवं भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले कार्यक्रममा सम्बोधन गर्नुहुँदै गाउँपालिकाले विकासको भौतिक पूर्वाधारहरुको विकास गर्दै शैक्षिक क्षेत्रको सुधारको गाउँ पालिकाले जोड दिएको बताए । संगठनको केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष विजय लामा र काभ्रे जिल्ला समन्वय समिति सदस्य कमलराज गिरी र वडा अध्यक्ष लेखनाथ श्रेष्ठले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) भुम्लु गाउँपालिकाको इञ्चार्ज जनक भण्डारी, जिल्ला सदस्य सन्त लामा, अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य विकास लामा, सुवर्ण लामा उपस्थित रहेको थियो। विष्णु महतको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सविन थापाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सागार गौतम राखेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय