बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए ।रासस

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय