काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र नीतिगत सुधारका प्रयासहरू अगाडि सारे पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरे।

नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका संरचनागत सुधारका कतिपय विषय समेटिनु सकारात्मक भएको बताए।

उनले सकारात्मक पक्षहरूमा आवश्यक कानून निर्माण गर्न प्रतिपक्षको हैसियतले का‌ग्रेसले सहयोग गर्ने स्पष्ट पारे।

यद्यपि बजेट र सरकारको कार्यशैलीले गरिबी निवारण भन्दा पनि ‘गरिब मास्ने’ नियत राखेको उनको गम्भीर आरोप छ। सभापति थापाले आर्थिक मन्दी र बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको जनजीवन कष्टकर बनिरहेका बेला सरकार उनीहरूप्रति उदासीन बनेको दावी गरे।

सरकारका कतिपय निर्णयहरूको सामाजिक सञ्जालमा प्रशंसा भइरहे पनि प्रतिपक्षको धर्म सस्तो लोकप्रियतामा बहकिने नभई राज्यको ढुकुटी र नीतिमा सबै वर्गको पहुँच सुनिश्चित गराउनु रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय