काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२, राटमाटे निवासी ६६ वर्षीया माइली माया दोङ वाईबाको भीरबाट लडेर मृत्यु भएको छ।
मृतक कान्छामान वाईबाकी श्रीमती हुन्। शुक्रबार बिहान करिब ८ बजे घाँस काट्न घरबाट निस्किएकी माइली माया लामो समय सम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा दिउँसो करिब ३ बजे उनी भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको वडा नं. २ का वडा अध्यक्ष पदमबहादुर मोक्तानले जानकारी दिए।


घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।
यस घटनाले राटमाटेसहित समग्र स्थानीय समुदायलाई शोकमा डुबाएको छ।










