काभ्रेपलाञ्चोक । काभ्रेको बनेपाबाट महाभारत गाउँपालिका–८, घर्तिछापतर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको छ।
बा ०२५ च २३२४ नम्बरको बोलेरो जनमुक्ति मार्गअन्तर्गत रोशी गाउँपालिकाको भूमिचुली उकालोमा पुग्दा अचानक अनियन्त्रित भई सडकबाट केही तल खसेर दुर्घटना भएको हो।


दुर्घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बोलेरोमा भने क्षति पुगेको हुन सक्ने बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी छ।










