काभ्रे । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले स्थानिय तह निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता नभुल्न नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको आयोजनामा मङ्गलबार धुलिखेलमा भएको ‘निवर्तमान जनप्रतिनिधिको सम्मान तथा नवनिर्वाचित जनप्रनिधिलाई शुभकामना कार्यक्रम’मा बोल्दै प्रमुख गौतमले जनप्रतिनिधिलाई निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता नभुल्न सुझाव दिएका हुन् । आ–आफ्नो पार्टीले जारी गरेको प्रतिबद्धता पत्र एकचोटी राम्रोसंग अध्ययन गर्न जनप्रतिनिधिलाई आग्रह गर्दै प्रमुख गौतमले जनतासामु गरेको प्रतिबद्धता पूरा गर्न अनुरोध गरेका छन् ।


‘आफुले पाएको जिम्मेवारी कुशलता पूर्वक बहन गरी सम्झना योग्य बनाउने कि बदनाम कमाउने भन्ने प्रश्न गर्दै प्रमुख गौतमले जसरी जनताले जिताएर पठाएका छन् यसलाई कुशलता पूर्वक बहन गर्नुपुर्ने बताए ।
संघीयता कार्यान्वयनपछि निर्वाचित पहिलो तथा निवर्तमान र वर्तमान निर्वाचित स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र जिल्ला समन्वय समितिका पदाधिकारीहरुबीचको यो पहिलो कार्यक्रम हो ।










