ललितपुर । गोदावरी सरोकारको आयोजनामा दश दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।
गोदावरी सरोकारद्वारा आयोजनामा गोदावरी १४ ठैबमा सुरु गरिएको उक्त तालिममा गोदावरीका विभिन्न वडा का १७ जना महिला र ५ पुरुष गरी २२ जना सहभागी भएका छन् । महिलाहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले तालिम आयोजना गरिएको गोदावरी सरोकारकी अध्यक्ष बेवी राज भण्डारीले बताईन् ।


तालिम आयोजनाबाट समुहका महिलाहरुको आत्मविश्वास बढ्ने तथा समुहको नेतृत्व लिन सक्ने क्षमता बढ्ने उनको भनाई छ । आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले यस्तो तालिम आयोजना हुनु र सहभागी हुन पाएकोमा प्रशिक्षार्थीले खुसी तथा धन्यवाद व्यक्त गरेका थिए।
दश दिन सम्म चल्ने तालिममा पर्यावरण चक्र रेडियो एफ.एम का कार्यक्रम संचालिका अनिता महर्जनले प्रशिक्षण दिएकी छिन् । गोदावरी सरोकारले विगतमा पनि उद्घोषण तालिम गोदावरीको विभिन्न स्थानमा दिदै आएकोमा यस पटकको तालिम ५ औ पटक भएको जनाईएको छ ।










