ललितपुर । सुन्दरता हरेक मानवको रुचिको विषय हो । हरेक मानिस आकर्षक देखिन चाहन्छन् । तसर्थ महिला स्वरोजगारको गतिलो माध्यम बनेको ब्युटी पार्लर व्यवसायमा आवद्ध महिलालाई थप दक्षताका लागि सीप र तालीम प्रदान गर्न सके स्वदेशमै महिलाले मनग्य आम्दानी गर्न सक्छिन् ।
पछिल्लो समयमा महिलाहरुको आत्मनिर्भरताको बलियो माध्यम बनेको छ ब्युटि पार्लर अर्थात महिलालाई सुन्द्ररी बनाउने पेसा । थोरै लगानी, अनुकुलता अनुरुप काम गर्न सकिने भएकाले पनि सौन्दर्य क्षेत्रमा काम गर्न महिलाहरुको आकर्षण बढ्दो छ ।


यसैबिच, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.४ स्थीत कमल पोखरी इमाडोलमा ऊँ सनसाईन कस्मेटिक एण्ड ब्युटी पार्लर सञ्चालनमा आएको छ ।

बिहिबार एक कार्यक्रमका बिच गोदावरी सरोकारकी अध्यक्ष बेबी राजभण्डारीले उक्त पार्लरको उद्घाटन गरेकी हुन् । गोदावरी सरोकारकी सदस्य अञ्जली दुवाडीले नेपाली नारीहरुको महान् चाड तीजको अवसर पारेर पार्लरको सञ्चालन गरेको उनले बताईन् । व्यवसायिक सफलताको शुभकामना दिंदै अध्यक्ष राजभण्डारीले महिलाहरु सानो आफ्नो व्यक्तिगत खर्च मात्र नभई आफ्ना आधारभुत आवश्यकता पुरा गर्ने अवस्थामा पुगेकोमा खुशी व्यक्र गरेकी छिन्।
संस्थाको उदेश्य अनुरुप पार्लर संचालीका दुवाडीले आफु स्वरोजगार तथा सक्षम भई अन्य महिलालाई पनि प्रशिक्षण दिई रोजगारी सृजना गर्ने र स्वरोजगार बनाउने कार्य थालनी गरेकोमा प्रसंसा व्यक्त गर्दै आगामी दिनमा मुलुकको आर्थिक विकासमा महिलाको पनि महत्वपूर्ण भूमिका रहेको बताईन् । शारीरिक सुन्दरताले मानसिक आत्मबल र सुन्दरता पनि झल्काउने बताउँदै उनले सम्पूर्ण महिलालाई आत्मनिर्भर बनाउँदै उद्यमी बनाउन आफुले योगदान गर्ने अपेक्षा गरिन् । आर्थिक रुपमा सबल र सक्षम बनाएमात्रै महिला आत्मनिर्भर हुन सक्नेमा जोड दिँदै उनले अब महिला हिंसा अन्त्यसँग पुरुष, महिला दुवैलाई सँगसँगै सचेतना दिने बताइन् ।
अग्रज ब्युटिसियनहरुको प्रेरणाले आफुले पार्लर खोल्न सफल भएको बताउँदै सञ्चालक दुवाडीले पार्लरमा हेयर केयर, ब्युटी केयर लगायत सम्पूर्ण काम गर्नुका साथै पार्लर सम्बन्धी प्रशिक्षण पनि दिइने बताएकी छिन्। महिलाहरुको लागि सबैभन्दा उपयूक्त व्यवसाय ब्यूटी पार्लर रहेको उनी बताउँछिन् ।पाँचलाख लगानीमा उनले पार्लर सञ्चालनमा ल्याइकी हुन ।
यसैगरी, तालिम, सीपबिना आत्मनिर्भरता, उद्योग, व्यवसाय सम्भव नहुने भएकाले गोदावरी सरोकारल महिलाहरुलाई आफैमा आत्मनिर्भर हुनका लागि भन्दै महिला सशक्तिकरणकाका साथै नेतृत्व विकास तथा उद्घोषण तालिम, व्यक्तित्व विकास, सेल्फ मेकअप तालिम, एकल, अपांगता भएका, विपन्न र हिंसा पीडित महिला, मावन बेचबिखन तथा महिला हिंसा न्युनिकरणका लागि विभिन्न प्रशिक्षणहरु दिदै आएको छ ।











