काभ्रे । ईलाईका प्रहरी कार्यालय बनेपाले पनौतीबाट प क्रा उ परेका तास खेल्ने समूहलाई सार्वजनिक गरेको छ ।

बनेपा प्रहरीले केहीबेर अघि मात्रै प क्रा उ परेका सबैलाई सार्वजनिक गरेको हो । प्र ह रीले हिजो साँझ सात बजेतिर पनौती नगरपालिका वडा नम्बर ३ पुछारे स्थित सुरेन्द्र लामाको घरमा तास खेली रहेका ६ जनालाई प क्रा उ गरेको थियो ।

प क्रा उ पर्नेमा पनौती ३ का ४५ बर्षीय सुरेन्द्र लामा, २६ बर्षीय सन्जिव तामाङ, २५ बर्षीय रुप बहादुर तामाङ, २१ बर्षीय सुरेश भन्ने देव तामाङ, ४० बर्षीय सुरज भन्ने सुरथ लामा र ३९ बर्षीय प्रदिप लामा रहेका छन ।

पक्राउ परेका सबैलाई आज जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भईरहेको ईप्रका बनेपाले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय