काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्धामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पनौत नगरपालिका वडा नं ५ चौकोटका २७ वर्षिय रामेश्वर श्रेष्ठ र पनौती १२ का ३१ वर्षिय साईला भनिने शान्ता बहादुर लामा रहेका छन् ।

श्रेष्ठ डाँका मुद्धाका फरार प्रतिवादी हुन भने लामा ज ब रजस्ती करणी उद्योग मुद्धाका फरार प्रतिवादी हुन् ।

प्रतिवादी श्रेष्ठलाई जिल्ला अदालत काभ्रेले २०७७ साल पौष ११ गते ९ महिना कैद र ३० हजार रुपौया जरिवाना तोकेको थियो । त्यस्तै लामालाई २०७५ साल वैशाख २४ गते ३ वर्ष ५ महिना ७ दिनको कैद सजाय सुनाएको थियो ।

त्यसपछि उनी फरार भएका थिए उनीहरुलाई आज प क्रा उ चौकोटबाट गरिएको हो । दुबै जनालाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काभ्रेमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय