काभ्रे । काभ्रेको डाँडापारी महाभारत गाउँपालिका वडा नम्बर १ मा रहेको गोकुले माविमा बाल समुह गठन भएको छ । एक भेलाको आयोजना गरि निशा योन्जनको अध्यक्षतमा २५ जना सदस्यीय श्रृजनशील बाल समुह गठन गरेको हो ।
समुहको उपाध्यक्ष विपना श्रेष्ठ, सचिव सरोज पिठाकोटे, सह—सचिव मनिका दर्लामी र कोषाध्यक्ष विमल श्रेष्ठ चयन गरेको विद्यालयका शिक्षक मोहन दास श्रेष्ठले जानकारी दिनु भयो ।


सो समुहको सदस्यहरु आशाकाजी जिम्बा, युनिका योन्जन, आरोश जिम्बा, वर्णवास श्रेष्ठ, रुष्मा श्रेष्ठ, फुर्साङ पाख्रिन, रुपक लामिछाने, मनिका दर्लामी, अञ्जली वाइबा, सन्जीता योन्जन, सोनी दर्लामी, निश्चल योन्जन, पुर्ण बहादुर जिम्बा, इम्सााङ योन्जन, राम जिम्बा, देव बहादुर बि.क., शशी दर्लामी गष माया राना, प्रसुन स्याङतान र रमिता गोले चयन भएका छन् ।










