काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँट गराउने काममा बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताएका छन् ।

नेपाल तरुण दल, काभ्रेले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले काँग्रेसले सिट संख्या बाँडफाँड गराउने काममा बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै उनले त्यसका विरुद्धमा काँग्रेसका नेताहरुले सत्ता गठबन्धनविरुद्ध भाषण गर्दै हिँड्न नमिल्ने बताए ।

उनले गठबन्धनमा आवद्ध भएको हुनाले काँग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे । आफू काँग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको गृहमन्त्री खाँणको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय