काभ्रे । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति काभ्रेको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सुरेश भुजेललाई सर्वसम्म अध्यक्षतमा निर्वाचित भएका छन् ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साधुराम राना, उपाध्यक्ष होमराज माझी, श्रीकृष्ण पहरी, सचिवमा हरि चन्द्र लामा, कोषध्यक्ष पहिलो बैठकले मनोनीत गर्ने, सहसचिवमा पुन माया कर्माचार्य श्रेष्ठ, शम्भु बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा क्रमशः रेशम माझी, तिब्त दर्लामी मगर, जमुना भुजेल, देव लामा, भुपाल सिह तामाङ, लाल बहादुर वाइवा, छेवाङ लामा, सिताराम लामा, राजकुमार लामा निर्वाचित भएका छन् ।


अधिवेशन महासंघको संघीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्याक्रममा पूर्व अध्यक्ष अध्यक्ष कान्छाराम तामाङ, तामाङ घेदुङको केन्द्रिय उप–महासचिव हर्क तामाङ, भुजेल सामाज सेवा समितिको केन्द्रिय सचिव रामगोपाल भुजेल, नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष फुर्साङ लामाको उपस्थिति रहेको थियो ।










