काठमाडौं नेपालले श्रींलकाको पोष्टमा आधा दर्जन गोल गर्दै साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा पुगेको हो ।

कोलम्बोमा सोमबार राति भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।

खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाए । निरोजले खेलको ३८ औं मिनेटमा नेपालका लागि चौथो गोल गरे ।

खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई जिततर्फ लिए । खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६–० को जित दिलाए । अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय