महाभारत, काभ्रे । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) अग्रस्थानमा रहेको छ ।

माओवादी केन्द्रले गाउँपालिकामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रस दोस्रो स्थानमा रहेको छ । ८ वटा वडा रहेको महाभारत गाउँपालिकामा ३ हजार २ सय ७० मत ल्याएर माओवादी केन्द्रले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले १ हजार ४ सय ८८ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपा (एमाले) ले १ हजार १ सय ८२, नेकपा (एकीकृत समाजवादी)ले २ सय ९७, राट्रिय स्वतन्त्र पार्टीले ६८, नेकपा (माले) ६३, राट्रिय प्रजातन्त्र पार्टीले १०, जनता समाजवादी पार्टीले ६, नेपाल मजदुर किसान पार्टीले १९ र अन्य दलमा ४७, मत प्राप्त गरेको छ ।

महाभारत गाउँपालिकामा ६ हजार ७ सय ७९ खसेको थियो भने ४ सय ६२ मत बदर भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय