काठमाडौँ । गायक रिजन थिङ र गायिका जितु लोप्चनको आवाजमा रहेको तामाङ गीत “जेठीला माया आम्लोङ ताजी” सार्वजनिक भएको छ । मंगलबार काठमाडौंको जोरपाटी स्थित सेन्होर हाउसमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको हो ।

काठमाडौंको सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको सो गीत रिपु योञ्जन अफिसियल युटुब च्यानबाट सार्वजनिक गरिएको हो । पारिवारिक यथार्थ कहानिमा बनेको उक्त गीतमा निक्कै ठट्यौली पाराले जुहरिको रुपमा शब्द रचना गरिएको छ । परिवारभित्र भएको दोस्रो बिवाहा र त्यसपछिको अवस्थालाई समेत उजागर गरेर शब्दहरु रचिएका छन् र ती शब्दहरुमा उत्तीकै मीठो तवरले संगीत भरीएको छ ।

यस गीतको गीतकार बिर ब.तामाङ गोङ्बो हुन् भने संगीतकार रिजन थिङ हुन् । गीतमा रिजन थिङ स्वयम र चर्चित गायिका जितु लोप्चानको स्वर रहेको छ भने मिक्सिङ/एरेन्ज अर्पनले थिङले गरेका छन् ।

भिडियोमा निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङको रहेको छ भने कोरियोग्राफर हेरुका लामा बल रहेको छ । भिडियो छायाङ्कन तथा ड्रोन अपरेटरको भूमिकामा भने त्रिलोक लामा रहेको छ ।भिडियोको मुख्य भूमिकामा अमिर दोङ र अम्बालिका तामाङलाई देख्न सकिनेछ । अतिथी कलाकारहरुमा हांस्या कलाकार कुइसाङ रुम्बा, लुक्सी तामाङ, नायिका तथा मोडल क्रिश्मा वाइबा, जीवन वाईबा र छेडुप दोङलाई देख्न सकिनेछ ।

तामाङ चलचित्रका महानायक अमिर दोङको सभापतित्वमा नेपाल तामाङ कलाकार संघको केन्द्रिय अध्यक्ष, वरिष्ठ गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतित्थ्यतामा भएको उक्त कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङको सिन्धुपाल्चोक जिल्ला शाखाको वरिष्ठ उपाध्यक्ष थुप्चेन ग्याल्बो मोक्तान, माम्स् नेपालको अध्यक्ष रन्जिता ब्लोन, तामाङ पत्रकार संघको संघीय सदस्य मिलन कुमार लामा दोङ, गायक तथा लेखक शुभ लाल तामाङ, मोडल तथा समाजसेवी फूर्वादोर्जे मोक्तान, अतिथिमा गायक तथा संगीतकार आस्मान लोप्चन, गायक अशोक लामा, लगाएतका विशेष व्यक्तित्वहरुको उपास्थिती रहेका थिए ।

(भिडियो)

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय