काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा मौलिक संस्कृति, पारिवारिक सम्बन्ध र नेपाली महिलाका भावनालाई समेटिएको नयाँ तीज गीत ‘तीजमा ननाचे कहिले नाचे हो’ सार्वजनिक भएको छ।

गीतकार नवराज रयमाझीको शब्द तथा सिर्जनामा तयार भएको गीत एआर इन्टरप्राइजेजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा प्रयुसा न्यौपानेको स्वर रहेको छ भने महेश खड्काले संगीत दिएका छन्। गीतको भिडियोमा नवराज रयमाझी र आयुष्मा कार्की मुख्य भूमिकामा रहेका छन्। भिडियोमा रयमाझी स्वयंको अभिनयसँगै आयुष्मा कार्कीको आकर्षक प्रस्तुति देख्न सकिन्छ।

तीजको मौलिक संस्कृति, चेली–माइतीबीचको आत्मीयता, पारिवारिक सम्बन्ध तथा नेपाली महिलाका भावना र जीवनशैलीलाई गीत तथा भिडियोमार्फत कलात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

पछिल्लो समय तीज गीतमा आधुनिकता र मनोरञ्जनको प्रभाव बढ्दै जाँदा मौलिक संस्कृति तथा तीजको वास्तविक मर्म ओझेलमा परेको चर्चा भइरहेका बेला सांस्कृतिक पक्षलाई प्राथमिकता दिएर गीत तयार गरिएको गायक रयमाझीले बताएका छन्।

गीतमार्फत नेपाली चेलीहरूको भावना, माइतीप्रतिको माया, पारिवारिक सम्बन्ध र तीजको सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास गरिएको उनको भनाइ छ।

भिडियोमा तीजको पारिवारिक तथा सांस्कृतिक वातावरणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। विशेषगरी चेली–माइतीको सम्बन्ध, तीजको रमाइलो वातावरण र नेपाली मौलिक संस्कृतिप्रतिको अपनत्वलाई भिडियोमा समेटिएको छ।

मौलिक शब्द, सुमधुर संगीत र आकर्षक प्रस्तुतिका कारण ‘तीजमा ननाचे कहिले नाचे हो’ ले दर्शक–श्रोताको मन जित्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

गीत एआर इन्टरप्राइजेजको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भइसकेको छ।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय