काठमाण्डौ । एनएससी–काभा महिला भलिबल चालेन्ज कपको दोस्रो खेलमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा नेपाल र बङ्लादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपालले हिजो भएको पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा आज भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।


यस्तै, श्रीलङ्का र कजाकस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच पनि खेल हुनेछ । नेपाल र भारत भोलि खेल्नेछन् । प्रतियोगितामा ८ टोली सहभागी छन् । समूह ुएु मा घरेलु टोली नेपालसहित भारत, बङ्लादेश र किर्गिस्तान छन् ।
त्यस्तै, समूह ुबीु मा श्रीलङ्का, माल्दिभ्स, कजाकस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।










