काठमाडौं । भर्सटाइल डान्स स्टुडियो आयोजना गरेको भर्सटाइल डान्सिङ स्टार तथा सम्मान कार्यक्रम २०८० नृत्य प्रतियोगिता संस्करण सम्पन्न गरेको छ । सनिवार त्रिबेनि पार्टी प्यालेस बेसिगांउ काठमाडौंमा भर्सटाइल नृत्य प्रतियोगिता सहित कार्यक्रम सम्पन्न गरेको हो ।
प्रतियोगितामा सिनियर तर्फ जोडी बाट नुना लामा नृत्य प्रशिक्षक कर्म लामा भएको छ । त्यस्तै द्वितीय टीका माया लामा र प्रशिक्षक मिसिता शेर्पा भएको छ भने तृतीय बिनिश लामा र नृत्य प्रशिक्षक सरस्वती धिमाल अर्को तृतीय टसि शेर्पा र बिकाश भारती भएको छ । प्रथम हुनेले क्रमशःट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।


सुपर डान्सर नेपालमा दोस्रो हुन सफल शुबिक्षा श्रेष्ठ र टप ११ मा पर्न सफल मार्साङ तामाङ साथै भर्सटाइल डान्सिङ स्टारमा नृत्य प्रशिक्षक गर्नु हुने नृत्य प्रशिक्षकहरु लाई सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप मेयर सन्नानी लामाले भर्सटाइलले गरेको डन्सिङ स्टार प्रतियोगिताको प्रशंसा गर्नुभयो । नृत्य मा अब्बल साना देखि ठुला नृत्य गर्नुहुने कलाकार र भर्सटाइलको तारिफ समेत गर्दै आफू भर्सटाइल प्रति खुसी रहेको बताए । विशेष अतिथि छहरी युवा क्लबका नि वर्तमान अध्यक्ष कुमार श्रेष्ठले नृत्य गर्ने भाइ बहिनीहरु उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा बोल्दै सभापति अध्यक्ष पुर्ण बहादुर स्याङ्तानले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्न भर्सटाइल डान्स स्टुडियो अग्रसर रहेको बताए । स्याङ्तानले भने,‘सहयोगी मनहरूलाई धन्यवाद,आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम गर्न अग्रसर भइरहने प्रतिबद्धता जनाउँछु ।’
निर्णयको भुमिकामा राष्ट्रिय कला–संस्कृति प्रतिस्ठानका अध्यक्ष दक्षिणा लामा र मेरो डान्स युनिभर्सका नृत्य प्रशिक्षक तथा मोडेल केबिका खत्री रहेका थिए । कार्यक्रमको सञ्चालन मिङ्मामा शेर्पाले गरेका थिए ।










