काठमाडौं । उनको नृत्य परिपक्क नृत्य कलाकारको भन्दा काम छैन । उनी गायनमा पनि त्यत्तिकै कुशल छिन् । अभिनयमा पनि त्यत्तिकै पोख्त छिन् । यि तीन वटै प्रतिभाको मिश्रित बाल कलाकार हुन ग्रिष्मा मोक्तान । उनी बाल कलाकारको रुपमा अहिले चर्चामा छिन् ।
उनी यसै साता काभ्रेको बनेपा बुडोल जनजाति हालमा सम्पन्न नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमितिद्धारा आयोजित पुर्ण बैठक एवम् बधाई तथा शुभकामना कार्यक्रमा प्रमुख अतिथि बागमती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री माननीय तिर्थ लामाबाट महाभारत गाउँपालिकाको बाल कलाकारको रुपमा सम्मान गरेका थिए ।


काभ्रेको डाँडापारी महाभारत गाउँपालिका–५ चाैडिक, घर भएकी उनी हाल ललितपुरमा वसोबास गरिरहेकी छिन् । आठ वर्षको उमेर देखि नै सिरियलबाट ग्रिस्माले आफ्नो कलाकारको यात्रा प्रारम्भ गरेकी हुन् । अहिले ११ वर्षकी भइन। सानै देखी डान्स गर्न, गाउन र अभिनय गर्न औधी रुचि राख्ने उनि विद्यालयमा भएको विभिन्न कार्यक्रमहरुमा भाग लिन्छिन् र सफल पनि हुन्छिन् । ग्रिष्मा लिटिल एञ्जल स्कूलमा कक्षा ६ मा अध्ययनरत छिन् ।
अभिनेता निर शाह र कलाकार बुद्धि तामाङ (हैट) को अनुरोधमा कलाकारीता सुरु गरेकी ग्रिष्माले हाल सम्म अभिनाय गरकाे सोच, माई वाइफ इज अन एलियनको भिडियो सार्वजनिक भइसकेको छ भने अन्य केही भिडियोहरु सार्वजनिक हुन बाँकी रहेको छ ।
बुबा माधव कुमार मोक्तान र आमा गगां सिंतानकी जेठी छोरी हुन ग्रिष्मा उनकी एक बहिनी छिन् । मधाव अहिले वैदेशिक रोजगारिको सिलसिलामा कोरियामा छन् । नेपालमा हुदा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको गाडी चालकको काम गरेका थिए । गगां साहित्य क्षेत्रमा छिन् । टिकटक लाईभ मन्जिल युकेको टिकटक गड ट्यालेन्ट सजिन ६ मा सहभागी भएर यही १६ सम्पन्न ग्रन्ड फिनालीमा उनी सेकेन्ड रनर अफ भएका छिन् ।
ग्रिष्मा कलाकारिता क्षेत्र भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन्। विद्यालयमा हुने कार्यक्रममा अनिवार्य रुपमा उनको सहभागीता हुन्थ्यो। कार्यक्रममा सहभागी भई धेरै पुरस्कार समेत जितिसकेको उनकी आमा गंगाले बताइन् । ग्रिष्माको लागि म्युजिक भिडियो, सिरियल र चलचित्र सम्मको अफर आएको र पढाईको कारणले समय दिन नसकेको उनकी आमा गंगाले बताइन् । ग्रिष्मालाई कलाकारमा लाग्नको लागि घर परिवार सबैको सर्पोट रहेको छ ।










