केराबारी । मोरङको केराबारी १० मा रहेको फेवा सेकेण्डरी बोर्र्डिंग स्कुलले बिहिबार एक कार्यक्रम गरी नेपालका चर्चित हास्य विधाका कलाकार सुवोध गौतम सहित एक पत्रकार र एक साहित्यकारलाई सम्मान गरेको छ ।

सरस्वती पूजाको अवसरमा आयोजित फेवा सिंगिङ आइडलको प्रथम संस्करण र डान्सिङ आइडलको चौथो संस्करण अन्र्तगत भएको ग्राण्ड फिनाले कार्यक्रममा राष्ट्रिय कलाकार गौतम सहित केराबारीमा रहेर लामो समयसम्म पत्रकारिता गर्दै आएका उज्यालो प्रदेश अनलाइन डटकमका सम्पादक किशन शाही लाई सम्मान गरेको छ । डेढ दशक अघि देखि निरन्तर पत्रकारिता मार्फत समाजलाई पुर्याएको योगदान गर्दै विद्यालयको हितमा विभिन्न समाचार सम्प्रेषण गरे बापत शाहीलाई दोसल्ला खदा र प्रमाण पत्र सहित सम्मान गरिएको हो ।

त्यसैगरी केराबारीमा रहेर लामो समय सम्म साहित्य क्षेत्रमा कलम चलाउदै साहित्य र पर्यटन क्षेत्रमा उलेख्य योगदान गरे बापत जेफाले सृजना डबलीका परिकल्पनाकार तथा कार्यक्रम प्रस्तोता युवराज ठकुरीलाई पनि सम्मान गरेको छ । त्यसैगरी नृत्य प्रशिक्षक राजु वस्नेतलाई पनि विद्यालयले सम्मान गरेको छ ।

सम्मानित व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं.१ का प्रदेश सभा सदस्य मोरङ क्षेत्र नं.१ –ख) का सांसद खड्गवहादुर बस्नेत र विद्यालयका संस्थापक प्रिन्सिपल जेपी मल्लले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रवासमा रहेर पनि विद्यालयको कार्यक्रमलाई माया गरेर प्रतियोगिहरुलाई प्रोत्साहन स्वरुपम वाध्य वाधन सामग्री सहित कार्यक्रम व्यवस्थापनमा सहयोग पु्रयाउँने विद्यालयका पूर्व शिक्षक पूर्व विद्यार्थीहरुको अनुपस्थितीमा उहाँहरुको आफन्तलाई कदर तथा प्रशंसा पत्र सकित सम्मान गरेको छ । भने मेघा फोटो स्टुडियोका प्रो तथा फोटो ग्राफर लक्ष्मण ठाकुरलाई पनि प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय