जीवन तामाङ

बेथानचोक काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर ५ मा संचालित ३९० घण्टा सिलाई कटाई तालिम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/०८० को गरीबी निवारणका लागि बेथानचोक गाउँपालिकाको आयोजनमा लघु उद्यम विकास कार्यक्रम अन्र्तगत सो तालिम संचालन गरीएको तालिम व्यवस्थापक नरायण सापकोटाले जानकारी दिएको छ ।

तालिम समापनमा बोल्दै बेथानचोक गाउँपालिका प्रमुख भगवान अधिकारीले तिन महिना सम्म सिकेको सिपलाई जिवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने पालिका प्रमुख अधिकारीले बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै गाउँपालिका उपप्रमुख तारा राना तिमल्सिनाले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गर्नुभयो । गाउँपालिकाले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रमको व्यवस्थापन नरायण प्रसाद सापकोटा र स्थानिय संयोजक गुञ्जामान तामाङले गरेको थियो । प्रशिक्षक गिता प्रधानले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

बेथानचोक गाउँपालिका लघु उद्यम विकास अन्तर्गत छ लाख रुपैयाँ बजेटबाट महिलाहरुलाई सिपमुलक तालिम दिइएको हो । तालिममा २२ जना महिलाहरुको सहभागि थिए । सहभागि प्रत्येकलाई सिलाई कटाइ लेवल १ को प्रमान पत्र समेत प्रदान गरीएको कार्यक्रम संयोजक सापकोटाले बताउनु भयो ।

 

कार्यक्रममा प्रशिक्षक शारादा गौतमले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रधान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्म निर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो ।

वडा नं. ५ का वडा अध्यक्ष राजकुमार वाइवाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशाशकिया अधिकृत विस्वनाथ दाहालले गर्नु भएको थियो । कार्यक्रममा केथानचोक गाउँपालिकाका वडा नम्वर ३ का वडा अध्यक्ष कुबेर ढकाल बेथानचोक गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य केशव लामा स्थानिय वासी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय