काठमाडौं । साबिक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा आइतबार भएको खेलमा नवप्रवेशी टोली वीरगंज युनाइटेडलाई २–१ ले हराउँदै धनगढीले विजयी सुरुवात गरेको हो ।

धनगढीका लागि फोडे फोफाना र अहमद हिजाजीले एक–एक गोल गरेका थिए । वीरगञ्जका हान्स कोफीले एक गोल फर्काए । यो जितसँगै धनगढीले तालिकामा ३ अंक जोडेको छ ।

९ टोली सहभागी एनएसएल फुटबलमा आज पूर्वी नेपालका दुई टोलीहरु झापा एफ.सी र स्पोर्टीङ इलाम भिड्नेछन् ।

प्रतियोगितामा झापाको यो पहिलो खेल हो भने इलामको दोस्रा खेल हो । आफ्नो पहिलो खेलमा इलाम साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले हारेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय