युएई । तामाङ्ग समाज युएईद्वारा आउदै गरेको मन्जुश्री सम्वत २८६०औं मु (डुक) ल्हो सोनाम ल्होछारको अवसरमा युएईको मुख्य दुई शहर अबुधावीमा फेब्रुअरी १० र दुबाईमा ११ तारिखका दिन “सोनाम ल्होछार साँझ–२०२४” आयोजना गरेको छ ।
समाजका अध्यक्ष डिल्लीराम तामाङको अध्यक्षतामा बसेको भर्चुअल बैठकमार्फत मन्जुश्री सम्वत २८६० औ सोनाम ल्होछार साँझ –२०२४ कार्यक्रम आयोजना गरी मनाउने तय भएको छ।


बैठकमा समाजका केन्द्रिय तथा क्षेत्रीय पदाधिकारीहरूको भर्चुवल मार्फत बृहत छलफल गरी “मन्जुश्री सम्वत २८६०औ सोनाम ल्होछार साँझ–२०२४ आयोजना गरिने निर्णय भएको थियो। तामाङ समुदायको महत्वपूर्ण तथा धार्मिक एवं सांस्कृतिक महत्व बोकेको तामाङ समुदायको महान चाड पर्व मन्जुश्री सम्वत २८६०औ सोनाम ल्होछार साँझ–२०२४ डुक÷मुला पुख्री ल्हो ड्रागन सर्प बर्ष हर्ष उल्लासका साथ युएईको राजधानी अबुधाबी र दुबई शाहरमा आयोजन गरिएको जानाकारी दिए ।
समाजले विगत लामो समयदेखि प्रवासमा रहेर तामाङ समुदायको धर्म,संस्कृति,कला,भेष–भुषा,भाषा,परम्परा,रहनसहन, रितिरिवाजको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यहरूमा तामाङ समाज यूएई कटिबद्ध निरन्तररूपमा अघि बढिरहेको कार्यक्रम संयोजक वीरबहादुर वाइबा ले जानकारी दिए।
तामाङ समाज युएईको शान, तामाङ संस्कृती तामाङ पहिचान” भन्ने मूल नाराका साथ समाजले यूएईमा प्रत्येक बर्ष सोनाम ल्होछार विभिन्न संस्कृति कार्यक्रमहरू गरी हर्ष उल्लासका साथ नेपालबाट तामाङ जगतका प्रसिद्ध कलाकार र व्यक्तित्वहरूलाई आमन्त्रित गर्दै सफलताका साथ कार्यक्रम सम्पन्न गर्दै आएको छ। यस बर्ष पनि विगतमा जस्तै सांगीतिक कोसेली लिएर नेपालबाट चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तान चर्चित म्हेन्दोमाया गायिका बिना घले युएई आउने करिब पक्का भएको छन् ।
साथै यूएईमा स्थापित स्थानिय तामाङ कलाकारहरूको प्रस्तुती तथा डिजे सेशनमा पुराना देखि नयाँ (सेलो,म्हेन्दोमाया,खान्दोके) समेत रहने आयोजकले जनाएको छन् ।











