काठमाडौं । तामाङ चलचित्र संघको अध्यक्षमा पुनः कुमार मोक्तानले जिम्मेवारी पाउनुभएको छ । संघको शनिबार सम्पन्न १४ औं साधारण सभा तथा ७ औ महाधिवेशनले सर्वसम्मत रुपमा मोक्तानलाई नेतृत्वमा चयन गरेको हो ।
महाधिवेशन बन्दसत्रबाट वरिष्ठ उपाध्यक्षमा दिपक तामाङ,उपाध्यक्षमा अमर लामा र विनायक तामाङ तथा महिला उपाध्यक्षमा सुनिता लुङबा चयन हुनुभएको छ ।


संघको महासचिवमा ऋतुराज पाख्रिन,सचिवमा उतर लामा (संगुल),कोषाध्यक्षमा पुनः जोगलाल लामा,सह कोषाध्यक्षमा सुनिता दोङ पनि सर्वसम्मत निर्वाचित हुनुभयो ।
सदस्यहरुमा मायादेवी मोक्तान,सुस्मा मोक्तान,बुद्ध तामाङ,दिपक तामाङ स्याङतान,कुइसाङ रुम्बा,संजय हुत्त,रुपा एस घले,बीरमान स्याङतन,प्रवल थिङ,कुमारी माया ग्लान,ज्ञानदास तामाङ,संगीता तितुङ,सञ्चु थोकर,रेसम कुमार स्याउली,सृजना तामाङ रहनुभएको छ । कार्यसमितिमा अन्य ६ जना भने मनोनित गर्ने जनाइएको छ ।
महाधिवेशनबाट निवर्तमान कार्यसमिति उपाध्यक्ष भुइसाल लामा,निर्देशक विनय दोङ र वरिष्ठ नायिका चाँदनी मोक्तानलाई सल्लाहकारको जिम्मेवारी दिइएको छ ।










