काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ। नामिबिया विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले जम्मा २५ रन बनाउँदा चानर विकेट गुमाएको छ।

नेपालका ओपनर कुशल भुर्तेल डकआउट भएका थिए भने आसिफ शेख ४ रन, अनिल शाह ८ रन र रोहित पौडेल जम्मा एक रन जोडेर पेभेलियन फर्किएका छन्।
नामिबियाका लागि रुबेन ट्रम्पलमेन र ज्याक ब्रसेलले समान दुई-दुई विकेट लिएका छन्।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा अहिले भीम सार्की र कुशल मल्ल क्रिजमा छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय