पनौती,काभ्रे । नेपाल सञ्चालन भइरहेको ठुला–ठुला गायन कला प्रतियोगिताको पहुँचमा नपुगेका प्रतिभाहरुको खोजी गर्दै ‘मरेर जान्छ देह मर्दैन कहिल्यै प्रतिभा, मर्छ एकदिन कलाकार मर्दैन कहिल्यै कला’ भन्ने मुल नाराका सथा ‘एस.पि.आर सिंगिङ आइकन–२०८०’ सुरु भएको छ ।
ओझेलमा परेको प्रतिभाका लागि अवसर दिने लक्ष्यका सथा काभ्रे जिल्लाको पनौतीमा एस.पि.आर क्रियशन नेपाल डटकमल आयोजनामा र ममता बुढाथोकीको प्रायोजनमा गायन कलामा आबद्ध रहेका कलाकारहरुको अनलाइन मार्फत अडिसन सम्पन्न भएको छ ।


हाल सम्म छनौट भई सफल भएका सहभागिहरुलाइ प्रोत्साहन गराउनका लागि यहि फागुन २६ गते ९ः३० बजे पुर्ब मेची देखि पश्चिन महकाली सम्मका कलाकारहरुलाई पनौती बसपार्कमा उपस्थित गराउने योजना रहेको आयोजकले जनाए ।
आन्तरिक पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याउने उदेश्यले एस.पि.आर क्रीयशन नेपाल डटकम पनौतिको आयोजना र ममता बुढाथोकीको प्रायोजनमा यस कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख राम शरण भण्डारीको प्रमुख आतिथ्यता रहने छ, भने राष्ट्रिय तथा अन्तरास्ट्रिय ब्याक्तित्वहरुको समेत उपस्थितिमा पनौती बजार परिक्रमा गर्ने कार्यक्रम रहेको आयोजकले जनाए ।
सहभागी कलाकारहरुको स्वागत तथा सांस्कृतिक कार्यक्रम भने पनौती नगरपालिको सभाहलमा ११ः३० देखि सुरु हुनेछ । कार्यक्रमको व्यवस्थापक सहयोगी काजल घिमिरे, अशोक थापा र रिया श्रेष्ठ रहेको छ भने कार्यक्रम संयोजक तथा निर्देशक जीवन खड्गी, निर्णायकहरु रामहरी न्यौपाने र सत्यनारायण प्रजापति र उद्घोषक इन्द्र विखुन्के रहेको छ ।
कार्यक्रममा निःशुल्क प्रवेस रहेको छ ।











