काठमाडौं । स्वर्गीय गायिका योगिता मोक्तानको सम्झनामा ‘योगिता मोक्तान प्रतिभा पुरस्कार २०८०’ गायिका जितु लोप्चनलाई प्रदान गरेका छन् । सोमबार नेपाल तामाङ कलाकार सघंद्वारा आयोजित स्मृति सभामा गायिका लोप्चनलाई सो पुरस्कार प्रदान गरेका हुन् । सघंले नगद पुरस्कार २० हजार रुपैयाँसहित उनलाई सम्मान गरेका हुन् ।
तामाङ सेलो , गीत सङ्गीतकी लोकप्रिय गायिका योगिता मोक्तानले आत्महत्या गरेकी छिन् । यो खबरले यतिखेर सम्पूर्ण सङ्गीत जगत्, तामाङ सङगीतका पारखीहरूलाई स्तब्ध पारेको छ ।यस घटनालाई नेपाली लोक सङ्गीतका साथै तामाङ साङ्गीतिक जगतकै ठुलो क्षतिको रुपमा लिएको छ ।


विवाह बन्धनमा बाँधिएको तीन महिनामा नै उनले आत्महत्या गरेकी थिइन् । देशमा सशस्त्र जनविद्रोह चलिरहेको बेला तत्कालीन द्वन्द्वकाल २०५८ सालमा योगिताको बुवालाई शाही नेपाली सेनाद्वारा निर्ममतापूर्वक हत्या गरेपछि स्वः मोक्तान सशस्त्र युद्धमा समेत होमिएका थिइन् ।उनलाई जनवादी गायिकासमेत भनेर चिनिन्छ । २०६७ साल फागुन ५ गते गायिका मोक्तानले आत्महत्या गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री माननिय हित बहादुर तामाङ, विषेश अतिथि नेपाल टेलिभिजनका महाप्रवन्धक फूल मान बल, स्वः गायिकाकी आमा निराकुमारी गुरुङ लगायत प्रतिस्ठित ब्याक्तित्वहरुको उपस्थितिमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तानको अध्यक्षतामा भएको थियो ।
सम्मानित भए पछि गायिका लोप्चनले स्व.योगिता मोक्तान १३ औं स्मृति सभा एवं योगिता मोक्तान प्रतिभा पुरस्कार २०८० कार्यक्रमको अवसरमा योगिता मोक्तान प्रतिभा पुरस्कारबाट पुरस्कृत गर्नु भएकोमा कार्यक्रमका प्रमुख अतिथि ,नेपाल तामाङ कलाकार संघको अग्रज कलाकारहरु, संस्थाको सदस्यहरु र स्व. योगिता मोक्तानको परिवारजनप्रति आभार तथा धन्यवाद ब्यक्त गरेकि छिन् ।

मलाई आज धेरै खुशि लागेको छ र तामाङ सेलो संगितमा लागेर मैले केहि गर्न सकेछु भन्ने गर्व र अझै केहि गर्नु पर्छ भन्ने उत्साह लागेको छ । यो पुरस्कार र अग्रजको यो अशिर्वादले मलाई थप जिम्मेवार बनाएको छ । यसलाई म सधै प्रोत्साहन को हिसाबले मनन गरिरहने छु । म आज यो पुरस्कारबाट पुरस्कृत हुदैगर्दा मलाई जितु लोप्चन भनेर चिनाउन मेरो गित संगितको यात्राको शुरुवात देखि बिभिन्न समयमा प्रोत्साहन, साथ अनि प्रेरणा दिनुहुने मेरो परिवारजन, सबै अग्रज कलाकार , सहकार्मि साथिहरु, म आबद्ध गित संगितका निर्माता, दर्शक स्रोता र शुभचिन्तक सबैमा सम्झिन र धन्यवाद दिन चाहन्छु । मलाई सधै यसरि नै साथ दिनुहोला र मेरो गित संगितलाई माया गरिदिनु हुन अनुरोध गर्न चाहन्छु । गायिका लोप्लनले सामाजिक संञ्जालमा फेसबुकमा लेखेकि छिन् ।
कार्यक्रममा स्वर्गिय चर्चित गायक संगीतकार जयनन्द लामा र चर्चित गितकार दिपेन्द्र दोङ लाई पनि सम्झिएका थिए ।










