काठमाडौं । भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपमा नेपालले आज चौथो खेल खेल्दै छ । नेपालले आज बरोडा क्लबसँग खेल्न लागेको हो ।

खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

लगातार तीन खेल जितेको नेपाल एक खेल अगाडि नै फाइनल पुगिसकेको छ । फ्रेन्डसिप कप अन्तर्गत जारी टी–२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित निकाल्दै फाइनल पुगेको हो ।

बुधबार सम्पन्न तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई आठ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल बरोडाविरुद्ध २७ रनले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय