
काठमाडौँ । केशव तामाङ (लिल ब्रो)को नयाँ तामाङ र्याप गीत ‘छामे नक्कली’ सार्वजनिक भएको छ । शनिबार लिल–ब्रो म्युजिक युटुब च्यानलबाट भिडियो सहित सार्वजनिक गरको हो ।
गीतमा शब्द र सङ्गीत केशब तामाङको रहेको छ भने र्याप केशव तामाङ (लिल ब्रो)कै रहेको छ भने साथमा चर्चित गायिका जितु लोप्चनको आवाज रहेको छ । सङ्गीत निर्माता फुवाङ तामाङ रहेकाे छ ।


गीतको भिडियोमा केशव तामाङ (लिल ब्रो) र लमिन थिङले अभिनय गरेका छन् । गीत भिडियोलाई प्रमोद मोक्तानले निर्देशन गरेका छन् भने फुवन तामाङ भिडियोको लागि विषेश साथ दिएका छन् ।
र्यापर केशव तामाङ (लिल ब्रो)ले आफुले पछिल्लो समयको ¥यापमा युवापुस्ताको क्रेज लाई पछ्याउदै र्यापमा राम्रो प्रयास गरेको बताए । लिल ब्रोले नेपाली ¥यापहरु सार्वजनिक भएपनि तामाङबाट पहिलो प्रयास भएकोले सबैले माया गरिदिन आग्रह गरेका छन् ।
भिडियो :