काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । शनिवार चलचित्र विकास बोर्डको सभा हलमा पत्रकार सम्मेलन गरी सो गीत सार्वजनिक गरेका हुन् ।

चर्चित गायक स्वरूपराज आचार्यको स्वर रहेको गितमा आशमान वाइबा र चर्चित नायिका केकी अधिकारी लाई भिडियो मा देख्न सकिन्छ । गीतमा पावल चाम्लिङ राईको सङ्गीत र चाँद सिंहको सङ्गीत संयोजन रहेका छन् । भने वरिष्ठ गीतकार एवं नेपाल प्रहरीका एआइजी टेक तामाङको शब्दमा सजियको गित निकेश खड्काद्वारा निर्देशित भएको छ । भिडियोमा माया पिरतीसँग बिछोडिएको पीडा प्रस्तुत गरिएको देखिन्छ । प्रेमिल भावले ओतप्रोत भए तापनि यससँगै प्रेममा उत्तरचढाव भइरहन्छ । सारा संसार भुलेर सच्चा माया गरे पनि प्रेमिकाकै अगाडि अर्को अँगालेपछि बिछोडिएको पीडा प्रेमी वाइबा मार्फत देखाइएको छ ।

भिडियोलाई कला निर्देशक मनिक पाख्रिन र छायाङ्कन उत्तम हुमागाई, क्यामेरा टीममा युवाराज हुमागाईँ, गोकुल हुमागाईँ, मित्रनाथ योगी, रामप्रसाद हुमागाईँ र सम्पादन विकास धमलाले गरेका हुन् । सह छायाँङ्कन कुलप्रसाद हुमागाईले गरेको छ ।

भिडियो :

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय