काठमाडौँ । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।  उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार समेत दिएका थिए ।

बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख दु:खमा आफू साथमै रहेको बताए ।

सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय