काठमाडौं । समुदायको महानायक तथा निर्देशक कलाकार अमिर दोङ माथि प्रहरीले सोमबार दुर्व्यवहार गरेको छ ।

तामाङ गीत ’बौद्ध नयांवस्ती’ बोलको म्युजिक भिडियोमा नेपाल प्रहरीको पोषाक प्रयोग गरिएका भन्दै भिडियो बारे स्पस्टिकरणको लागि बोलाएर एक तामाङ प्रहरीले आफ्नै कार्यकक्षामा दुर्व्यवहार गरेका हुन् । दोङलाई प्रहरीले विभिन्न व्यक्तिको नाम लिएर गुन्डागर्दी शैलीमा थर्काउने र दुई घण्टा भन्दा लामो समय मोबाईल नियन्त्रणमा लिएका थिए ।

प्रहरीको पोसाक प्रयोग भएको म्युजिक भिडियो त्यहीबाट प्राईभेट गरे र अन्जानमा गल्ती भयो भनेर पटक पटक हात जोडेर माफी माग्दा पनि बारम्बार बिषय वस्तु परिवर्तन गर्दै अनावस्यक रुपमा निरन्तर गाली गरेर मानाशिक तनाव दिएको उनको भनाइ छ । अहिले प्रहरीको पोषाक प्रयोग भएको दृश्य छोपेर ’बौद्ध नयांवस्ती’ बोलको म्युजिक भिडिया पुःन सार्बजनिक भएको छ ।

घटनाको बारेमा दोङले सामाजिक सञ्जल मार्फत प्रष्ट पारेका छन् । विस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत गर्ने उनले बताए ।

भगवानरुपि दर्शक महानुभावहरुमा ल्हास्सो फ्याफुल्ला !

केही समय अगाडि तामाङ सुपरस्टार डम्फु मिडिया प्रा.ली.को अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको तामाङ गीत ’बौद्ध नयांवस्ती’ बोलको म्युजिक भिडियो हिजो दिउँसोदेखि केही समयको लागि युट्युवबाट प्राईभेट गरिएको थिए । भिडियो प्राईभेट गरेको करिब आठ घण्टामा देश विदेशबाट सयौं शुभचिन्तक तथा दर्शहरुले फोन र म्यासेज मार्फत भिडियो के भयो भनेर प्रश्न गर्नुभएको छ । तपाईंहरु प्रति पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छु ।

’बौद्ध नयांवस्ती’ को भिडियोमा नेपाल प्रहरीको उच्च सम्मान गर्दै नेपाल प्रहरीले विभिन्न अपराधिक घट्नामा संलग्न भएका एक समुहलाई नियन्त्रणमा लिएको दृश्य राखेको थियो ।उक्त दृश्यमा नेपाल प्रहरीको पोषाक प्रयोग गरिएको थियो । पछिल्लो समय कुनै पनि भिडियोमा प्रहरी पोषाक प्रयोग गर्न अनिवार्य अनुमति लिनु पर्ने कानुन रहेको र कानून वमोजिम भिडियो केही समय प्राईभेट गरि अहिले प्रहरीको पोषाक प्रयोग भएको दृश्य छोपेर पुःन सार्बजनिक भएको जानकारी गराउदछु ।

यो बिषयलाई लिएर प्रहरी परिसर टेकु(हाल भद्रकाली) मा मलाई भिडियो बारे स्पस्टिकरणको लागि बोलाएर कानुन बुझ्ने मौका दिनु भयो त्यसको लागि सम्बन्धित निकायलाई धन्यवाद व्यक्त गर्न चहान्छु । तामाङ चलचित्र र गीतसंगीत क्षेत्रमा संघर्ष गरेको पनि दुई दशक भन्दा लामो समय भैसकेछ । मैले मेरो जीवनको उर्जाशिल समय तामाङ भाषा, कला र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धनमा बिताए । तामाङ भाषाको चलचित्र भनेर मैले कयौं मेरा सपनाहरु बन्दकी राखेको छु ।

सायद त्यसैको नतिजा होला भिडियोको स्पष्टिकरण दिन प्रहरी परिसर भद्रकालीमा पुग्दा काभ्रे चौरीदेउराली–४ ठेगना भएको एक जना वाङगेल लामा नामको प्रहरी निरीक्षक( ईन्सपेक्टर) ले जुन खालको व्यबहार बोली प्रयोग गरेर मलाई अभद्र व्यबहार गर्नुभयो त्यसले साह्रै मन दुखेको छ । आफ्नै जिल्लाबासी एकजना तामाङको छोरा त्यो ठाउमा देख्दा गर्व लागेको थियो तर जब उहाँले ममाथि एकजना अपराधीलाई भन्दा बढी अपमानित शब्दहरु प्रयोग गरेर थर्काउनु भयो । ती शब्दहरु सम्झिद अहिले पनि आखाबाट आसु आउछ । आसु डरले हैन, आसु एकजना तामाङले तामाङलाई गरेको व्यबहार सम्झेर आउछ ।

जीवनकै पहिलो पटक प्रहरी सामु बयान दिन पुगेको मलाई तामाङ समुदायकै कुनै अमुक व्यक्तिको योजनामा करिव दुई घण्टा भन्दा लामो समय मोबाईल समेत नियन्त्रणमा लिएर विभिन्न व्यक्तिको नाम लिएर गुन्डागर्दी शैलीमा थर्काउनु भयो । मैले एक वचनमा नै आफ्नो गल्ति स्वीकार गरेर प्रहरीको पोसाक प्रयोग भएको म्युजिक भिडियो त्यहीबाट प्राईभेट गरे र अन्जानमा गल्ती भयो भनेर पटक पटक हात जोडेर माफी मागिरहे । उहाँले बारम्बार बिषय वस्तु परिवर्तन गर्दै अनावस्यक रुपमा निरन्तर गाली गरेर मानाशिक तनाव दिनुभयो । म निस्वार्थ रुपमा तामाङ समुदाय भनेर हिडिरहेको व्यक्तिलाई जीवनको पहिलो पटक एकजना तामाङ प्रहरी इन्सपेक्टरले नै यतिधेरै अपमान गरेको कहिल्यै बिर्सिने छैन ।

हुन त पछिल्लो समय तामाङ समुदायको केही व्यक्ति मलाई व्यक्तिगत रुपमा सिध्याउन योजनाबद्ध रुपमा हिडिरहेका छन् । प्रहरी सामु पुर्याउने र मलाई अभद्र व्यबहार गर्न लगाउने पनि तिनै बरिस्ठ व्यक्तिहरु हुनुहुन्छ । समय आएपछि म ती व्यक्तिहरुको नाम पनि सार्वजनिक गर्नेछु । विस्तृत जानकारी पत्रकार सम्मेलन मार्फत गर्नेछु । धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय