
खानीखोला, काभ्रे । अविरल वर्षासँगै आएको बाढीपहिरोबाट काभ्रेको खानीखोला गाउँपालिकामा २३ घरबारविहीन र १ जनाको मृत्यु भएका छन् ।
बाढीपहिरोका कारण वडा ६ की ३७ बर्षिय देबी घलान मृत्यु भएको हो । बाढीपहिरोका कारण बेपत्ता रहेको घलानको शव आज हरिहरपुर—३, गुर्चीपुरमा मृत अवस्थामा फेला परेको हो । गाउँपालिकाको वडा नं. ५ मा १५ घर र वडा ६ मा ८ घरबारबिहीन भएका छन् ।


वडा नः ५ मा रहेको शिक्रेदोमानमा बागमती खोलाले १५ घरधुरी बगाएर घरबार बिहिनका छन् । मस्त बहादुर थिङ, पोते थिङ, प्रेम बहादुर थिङ, अनिल पहरी, सोम बहादुर पहरी, मदन पहरी, मान बहादुर पहरी, बिजय जिम्बा, शंकर पहरी,मन कुमारी घलान, सिंगबिर तामाङ, कुल मान पहरी, कालमान पहरी, हरि बहादुर पहरी र डिल बहादुर पहरी घरबारबिहिन भएको हो ।
त्यस्तै गाउँपालिकाको वडा ६ चनौटे नयाँ बस्तीमा ८ घरबारबिहिन भएका छन् । फुल बहादुर रुम्बा, भक्त बहादुर सिङ्तान, बुद्ध सिङ्तान, प्रकाश सिङ्तान, साझन सिङ्तान, देबराज सिङ्तान, बिक्रम सिङ्तान र उत्तरमान गोले घरबारबिहिन भएको सञ्चारकर्मी डिबि लामाले ग्लोबल खबरलाई जानकारी दिनुभयो ।
घरबारबिहिन भएको २३ घरधुरीलाई गाउँपालिकाले प्रति घरधुरी चामल १ बोरा दाल ५ केजि, जिरा १ पाउँ, नुन १ प्याकेट, बेसार १ प्याकेट, खुर्सानी २ पाउँ, सुत्ने फम र ओट्ने ब्लाङ्केट १÷१ वटा र त्रिपाल १ वटा खाना पकाउने भाडाकुँडा १ सेट राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) जानकारी दिनुभयो ।
गाउँपालिकामा केन्द्रिय विद्युतिय लाइन र बाटोको समस्या भएको कारणले अन्य वडाको विवरण आउन बाँकी रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।