काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ सार्वजनिक भएको छ ।
शुक्रवार राजधानीमा एक कार्यक्रम आयोजना गरी महानायक हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को भिडियो सार्वजनिक गरिएको हो । गोबिन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको गीतमा अभिनेता हमालको अभिनय रहेको छ । हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ ।
उक्त भिडियोमा रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणिय व्यक्ति बनेको कथा रहेको छ । आफु गायक नभई नायक नै भएकोे र गायन केवल प्रयास मात्रै रहेको महानायक हमाल बताउँछन् । कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिती रहेको थियो ।