काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कमिटी काभ्रेले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गरिदिन जिल्ला समन्वय समिति काभ्रेलाई ध्यानाकर्षणपत्र वुझाइएको छ । बिहिबार अध्यक्ष झलक दर्लामी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ काभ्रे इन्चार्ज दिपेश घिमिरे, सचिव विजय मगर, कोषाध्यक्ष संगिता लामा लगायतको उपस्थितीमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमलाई १७ बुँदे ध्यानाकर्षणपत्र वुझाइएको हो ।

स्वास्थ्यकर्मी महासंघ काभ्रेले स्थानीय तह कर्मचारी व्यवस्थापन दरबन्दी तेरिज अनुसार आधारभुत स्वास्थ्य तथा सरसफाई शाखामा सातौं तह, छ्रठौं तह, नर्सिङ समेत समेट्न माग गरेको छ । अस्थायी करार ज्यालादारी कर्मचारीको हकमा पेशागत सुरक्षा, सेवा अवकाश पश्चात अनुदान सेवा अवधिको आधारमा गराइनुपर्नेमा स्थानीय सरकार २०७४ पश्चात मनोमानी तवरले सरकार परिवर्तनसँगै करार ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने प्रकृया भइरहेको भन्दै यस्तो घटना नदोहोर्याउन महासंघले ध्यानाकर्षण गराएको छ । यस्तै स्थानीय तहमा अस्पताल सञ्चालनमा समेत महासंघले जोड दिएको छ ।

नीजि मेडिकल क्लिनिकहरुले विना लाइसेन्स औषधी बेचविखनमा रोक लगाउन अध्यक्ष झलक दर्लामीले माग गरेका छन् । स्वास्थ्य संस्थाको अनुगमनमा जाँदा विषय विज्ञ अनिवार्य उपस्थित गराउन उनले ध्यानाकर्षण गराए ।नीजि तथा प्राइभेट संघ संस्थाहरुबाट प्रदान गरिने सेवाहरु मध्ये सुरक्षित गर्भपतन, परिवार नियोजन खोप लगायत पोषण सेवाहरु सञ्चालन गरेको छ भने नियमित अनुगमन गरेर कानुन सम्वत भए नभएको एकिन गर्न महासंघले माग गरेको छ ।

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नका लागि आवश्यक अनुगमन गरी १५ दिनभित्र कार्यान्वयन गराउन सबै स्थानीय तहलाई परिपत्र गरिदिन महांघका अध्यक्ष झलक दर्लामीले जिल्ला समन्वय समितिलाई आग्रह गरेका छन् ।

महासंघका इन्चार्ज दिपेश घिमिरेले प्राइभेट मेडिकल क्लिनिकहरुको लागि बैधानिक भाडादर हुनपर्ने बताए । आधारभुत स्वास्थ्य सेवा न्युन शुल्कमा प्रदान गर्न सक्ने अवस्थाको सिर्जना हुनुपर्ने उनको भनाई छ ।

ध्यानाकर्षणपत्र वुझ्दै समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले १३ वटै पालिकालाई यस बारे जानकारी गराउने प्रतिवद्धता जनाएका छन् । महासंघले उजागर गरेका विषय आवश्यक छलफल गरेर निर्णयमा पुर्याउने गौतमले बताए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय