
खानीखोला । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माघ ४ गतेबाट खानीखोला गाउँपालिकाको आयोजनामा कुमारी माध्यामिक विद्यालयको व्यवस्थापनमा वडा नम्बर ४ स्थित जगथली फुलडाँडामा सञ्चालन भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
१६ स्वर्ण, ८ रजत र ७ कास्य प्राप्त गरी कुमारी माध्यामिक विद्यालय प्रथम, ४ स्वर्ण, ५ रजत, १० कास्य प्राप्त गरी जन विकास मावि दोस्रो र २ स्वर्ण, २ रजत, ४ कास्य प्राप्त गरी बुद्ध मावि तेस्रो भएको व्यवस्थापक कुमारी माविका शिक्षक प्रधानाध्यापक लाल बहादुर घिसिङले बताउनुभयो ।


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका माध्यमिक तहस्तरीय ८ वटा र १ वटा आधारभुत तहस्तरीय विद्यालयको सहभागिता रहेको थियो ।
उदघाटन कार्यक्रम पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज) प्रमुख आतिथ्यमा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बाको विषेश आथित्यमा, निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो ।
खानीखोला गाउँपालिका खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाको अध्यक्षतामा सम्मन्न भएको उद्घाटन कार्यक्रमको सञ्चालक कुमारी माविका प्रधानाध्यपक लाल बहादुर घिसिङले गरेका थिए ।
प्रतियोगिताको समापनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल गाउँपालिका सामाजिक विकास समितिका संयोजक वडा नं. ४ का वडा अध्यक्ष तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक निर्देकश समितिका सदस्य निशान मोक्तान लगायतले सबै विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।