काठमाडौं । प्रहरीले युवकलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेललाई निलम्बन गरेको छ। चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए।

चितवनको भरतपुर-११ बसेनी चोकमा असइ भुजलले एक युवकलाई लात्तीले हानेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि छानबिन समिति गठन गरेको थियो।

चितवन प्रहरीले छानबिन गर्दा असइ भुजेल दोषी ठहर गरेपछि उनलाई निलम्बन गरिएको हो। राति गस्तीमा गएको बेला ती युवासँग प्रहरीको सामान्य भनाभन भएको थियो। सोही क्रममा ती युवकले कसैलाई फोन गर्न लागेपछि भुजेलले पावर देखाएको भन्दै उनलाई निर्घात कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ।

उक्त घटना पुस १५ गते रातिको हो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय