
काभ्रेपलाञ्चोक । सोनाम ल्होछारको अवसरमा काभ्रेको खानीखोला गाउँपालिकाले ३ दिन बिदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक बिदा दिएको हो ।
तामाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा सांस्कृतिक पर्व मन्जुश्री सम्वत २८६१ औं डुल ल्हो ( सर्प वर्ष) सोनाम ल्होछारको अवसरमा माघ १६, १७ र १८ गते तिन दिन सार्वजनिक बिदा दिएको हो । गाउँपालिका भित्रका सम्पूर्ण कार्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), सामुदायिक तथा नीजि शैक्षिक संस्थाहरू एवं अन्य संघ संस्थाहरूमा स्थानीय विदा रहने सूचनामा उल्लेख गरिएको छ ।


गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले माघ १७ गते माघ शुक्ला प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदाय लगायत नेपालीजनहरूमा शुभकामना व्यक्त गरेका छन् ।
उनले ल्होछार पर्वले वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, जातीय विविधतायुक्त राक्सिराङका नागरिकलाई आपसी सदभाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।
गाउँपालिकाको ताल्ढुंगामा यहि माघ १५ गते नेपाल तामाङ घेदुङ खानीखोला गाउँपालिका समितिको आयोजनामा सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ ।