खानीखोला, काभ्रे । तामाङ समुदायको राष्ट्रिय पर्व २८६१ डुल सा पुख्री सोनाम ल्होछारको अवसरमा काभ्रे खानीखोला गाउँपालिकामा भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको वडा नम्बर १ धार्नेमा ह्रेम्बोर्छे युवा क्लवको आयोजनामा माघ १४, १५ र १६ गते सांस्कृतिक तथा शुभकामना कार्यक्रमसंगै खुल्ला भलिबल खेल प्रतियोगिता आयोजना गरेको हो ।

खानीखोला गाउँपालिका भलिबल खेलमा जिल्लाकै उत्कृष्ट खेल खेल्नेमा पर्दछ । ल्होछार अवसरमा भएको खुल्ला भलिबल प्रतियोगितामा ८ टिम सहभागिता रहेको थियो । तालढुङ्गा खेलकुद क्लव टिम प्रथम र तालढुङ्गा खेलकुद क्लव द्य टिम दोस्रो र लडकेस्वरी युवा क्लव तेस्रो भएका छन् ।

खानीखोला गाउँपालिका इन्द्र बहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै थिङले नेपाल बहुधार्मिक बहुसांस्कृतिक विभिन्न विविधता भएको राष्ट्र भएकोले यो तामाङ समुदायहरुले मनाउँदै आएको मुख्य पर्वको अवसरमा खेल जगत भलिबल खेल जिल्लाकै राम्रो रहेको बताए । अध्यक्ष थिङले खेल आयोजना गर्ने आयोजक टिमलाई धन्यवाद व्यक्त गरेका छन् । आफ्नो सांस्कृतिक संस्कार यसको संरक्षण गर्न अब तामाङ समुदाय एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको भन्दै यसको संरक्षण गर्न पालिका सरकारको साथ र सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

आफ्नो संस्कृति संस्कार खेल क्षेत्रलाई माया र भलिबल खेलबाट जिल्लामै आफ्नो पालिकालाई चिनाउन सफल भएको यो ल्होछार पर्वको अवसरमा खेल क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि आयोजना गरेकोमा पालिका सरकारबाट खेल्नु पर्ने भुमिका साथ सहयोगसंगै आयोजक टिमलाई उपाध्यक्ष दोर्जेमान जिम्बाले शुभकामना व्यक्त गरेको थियो ।

कार्यक्रममा समाजसेवी दैबलाल घिसिङ, चित्र गोले, राजन अधिकारी , निशान मोक्तान , बुद्धि बहादुर स्याङ्तान, सन्तमान थिङ ,पुर्व वडा अध्यक्ष ज्ञान बहादुर थिङ , दिनेश थिङ लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम संचालन ह्रेबोर्छे युवा क्लबका अध्यक्ष अभि थिङले संचालन गरेका थिए । स्थानीय कलाकार धार्ने ज्योति माध्यमिक बिद्यालयका भाईबहिनिहरुको प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले हर्षाेल्लासका साथ पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरेर सोनाम ल्होछार मनाउने गरिन्छ । खानीखोला गाउँपालिकाको माघ ७ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिएको छ । पालिकाले १६, १७ र १८ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय