
काभ्रेपलाञ्चोक । तामाङ समुदायको राष्ट्रिय सांकृतिक तथा धार्मिक पर्व २८६१ औं डुल सा पुख्री सोनाम ल्होछारको अवसरमा “हाम्रो संस्कृति हाम्रो पहिचान तामाङ संस्कृतिको जगेर्ना गरौं” भन्ने नाराका साथ काभ्रेको धुलिखेल २ रविगाउँमा सोनाम ल्होछार तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार ‘सभ्य हिमठिम तामाङ समाज’ युवा क्लवको आयोजनामा भएको सो ल्होसारमा महोत्सवमा यस भेगका तामाङ समुदायले आफ्नो मौलिक पहिरनमा अर्थपूर्ण सहभागिता जनाएका थिए । विशेषगरी सांस्कृतिक कार्यक्रमसहितको शुभकामना आदान–प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गनुहुँदै बागमती प्रदेश सभा सदस्य, पूर्व प्रदेश मन्त्री एवं नेपाली काँग्रेस काभ्रेका सभापनि तीर्थ लामाले ल्होछार सांस्कृतिक रुपले महत्वपूर्ण चाडका साथै सांस्कृतिक पर्व पनि रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘समग्र तामाङहरुको पर्व रहे पनि यस चाडमा सबै नेपालीहरुको सहभागिता रहन थालेको छ किनकी मुलुकमा मनाइने दशैंतिहारलगायतका ठुला ठुला चाडहरुलाई तामाङ समुदायले पनि उत्तिकै महत्त्वले बनाउने गरेका छन् । बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक यो मुलक भएकाले यहाँ सबै धर्म संस्कार र संस्कृति अटाएका छन् । जसरी तामाङ समुदायले अन्य चाडहरु मनाएझैं यो चाड पनि सबै जातजातीले मनाउन हुन्छ ।’
संस्कार र संस्कृतिलाई फुलाउने, फलाउने संरक्षण गर्ने दायित्त्व हाम्रै काँध आएको उल्लेख गर्दै लामाले संघीय लोकतान्त्रिक संविधानले पनि यो मुलुकमा सबै जातजाती र उनीहरुका धर्म संस्कृतिलाई उत्तिकै महत्त्व दिएकोमा खुशी हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले शुभकामना दिनुहुँदै तामाङ समुदायको धर्म, संस्कृति, कला, भेष–भुषा, परम्परा, रहनसहन, रीतिरिवाजहरुको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्नु नै ल्होसारलगायतका तामाङ समुदायले मनाउने चाडपर्वहरुको मुख्य सन्देश रहेको बताउनु भयो ।
कार्यक्रमका सभापति तथा क्लबका अध्यक्ष विशाल तामाङ(पुजन) ले सबैको साथ सहयोगले कार्यक्रम गर्न सफल भएको र अगामी वर्षहरुमा पनि कार्यक्रम गर्न सहयोग गर्न सहयोगको आपेक्षा गर्नुका साथै ल्होछार रमाइलो मात्रै नभइ संस्कार संस्कृति जोगाउने समय भएको बताए ।
कार्यक्रममा धुलिखेल नगर कार्यपालिकाका उपप्रमुख निराजन जङ्गम, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिना, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मञ्जुकुमार कोजु, काँग्रेस जिल्ला कार्यसमिति सदस्य समीर ब्याञ्जु, युवा नेता हेम लामा, रमेश तामाङ, सजय तामाङ, मिम दोङ, स्मिता मोक्तान, बिलम मोक्तान लगायतका व्यक्तित्वहरुको सहभागिता थियो ।
कार्यक्रममा कलाकारहरु उर्गैन दोङ,सुशील लामा,रंजित तामाङ,कुसुम मगर,हिरा बहादुर तामाङ,युद्ध तामाङ,सागर बोम्जन,अनिशा तामाङ,सम्राट् वाइवा,टुशाल लामा साथै स्थानीय कलाकारहरुको बेजोट प्रस्तुति रहेको थियो । साथै तामाङ समुदायको धर्म, संस्कृतिलाई माया गर्ने युवाहरु त्था स्थानीयहरुको व्यापक सहभागिता थियो ।