काठमाडौं । काठमाडौंको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत थालिएको छ । बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत थालिएको हो ।

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

“पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गए रातिबाट हामीले मर्मत सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ,” उनले भने ।

विद्युत्‌का तार भूमिगत गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको थियो । जसले विषेश अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय