
काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिका –७ मा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । श्री रक्त आधारभुत विद्यालयको ३५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयको आयोजनामा बुद्धशान्ती युवा क्लबको व्यवस्थापन तथा र रक्त आधारभुत विद्यालयको पुर्व बिद्यार्थीहरुको सह आयोजकमा यहि फाल्गुन १४ गते देखि १६ गते सम्म हुने भएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य मनानीय सुर्यमान दोङ ( लालध्वज) को प्रमुख अतिथ्यतामा उद्घाटन हुने बिद्यालयका प्रधानाध्यापक रत्न घिसिङले जानकारी दिए । घिसिङका अनुसार प्रतियोगिता विद्यालयको प्राङ्गन खजुलीवेशीमा हुने छ ।


खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले १५हजार र सान्त्वना हुनेले १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यस्तै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफन्स , उत्कृष्ट सेन्टर, उत्कृष्ट ब्लकर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।