♦डि.बि. लामा

काभ्रेपलाञ्चोक । काभ्रेको खानीखोला गाउँपालिका –७ मा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता उदघाटन समारोह सम्पन्न भएको छ । बुधबार श्री रक्त आधारभुत विद्यालयको ३५ औं बार्षिकोत्सवको अवसरमा विद्यालयको आयोजनामा बुद्धशान्ती युवा क्लबको व्यवस्थापन तथा र रक्त आधारभुत विद्यालयको पुर्व बिद्यार्थीहरुको सह आयोजकमा भएको हो । प्रतियोगिता फाल्गुन १४ गते देखि १७ गते सम्म हुनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित पुर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य मनानीय सुर्यमान दोङ ९ लालध्वज० को प्रमुख अतिथ्यतामा केक काटी बिद्यालयको ३५ औं बार्षिकोत्सव उद्घाटन गरेका थिए । कार्यक्रम सम्बोधन गर्दै दोङ्ले बिद्यालयको जन्मदिनको शुभकामना तथा आफूले सकेको साथ सहयोग गर्ने प्रतिबद्धता गरे ।

खानीखोला गाउँपालिकामा ३८ वटा विद्यालय रहेको र हाल सम्म यस पालिकामा केक काटेर भलिबल प्रतियोगिता आयोजना बार्षिकोत्सव मनाउनेमा पहिलो विद्यालय श्री रक्त आधारभुत विद्यालय भएकोमा गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ्ले खुशी व्यक्त गरे । अवको कार्ययोजना तथा स्कुलका लागि गाउँपलिका बाट गर्नु पर्ने साथ सहयोग पुर्ण रुपमा रहने थिङले जिकिर गरे ।

विद्यालय संन्चालन व्यवस्थापन गर्न अति कठिनका बाबजुद आफुले प्र।अ ।समाहल्दै गर्दा अनेक किसिमका समस्यलाई पार गर्दै विद्यालयलाई पालिकाकै नमुना विद्यालय बनाउनेमा लाग्ने विद्यालयका प्र।अ ।रत्न बहादुर घिसिङ प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयको बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको समस्यलाई मध्यनजर गरि सोही विद्यालयका ८० जना विद्यार्थीहरुलाई समाजसेवी तथा युवा नेता नेकपा माओवादी केन्द्र खानीखोला गाउँकमिटी उपाध्यक्ष राजन अधिकारीको समन्वय र सहयोगमा १ थान व्याक १ दर्जन कपि सहयोग गरेका थिए ।

खुल्ला भलिबल प्रतियोगितामा १४ टिम सहभागी भएका थिए भने खेल पार्दर्शिता निस्पक्ष्य विवाद रहित खेलाउने खेलका व्यवस्थापक तथा बुद्धशान्ती युवा क्लबका अध्यक्ष सन्जलाल घलानले बतए ।

कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ९ छिन्ताङ० समाजसेवी मिना पाख्रीन, राजन अधिकारी वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान, सागर लामा, राम बहादुर मोक्तान , शिक्षा शाखा प्रमुख चक्र बहादुर थापा , सृजना थिङ, तालढुङ्गा प्रहरी इन्चार्ज , लगाएतको उपस्थितिमा उदघाटन समारोह सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय