महाभारत, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका–१ मा आगामी २०८२ बैशाख ४ देखि वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नमुना वडा समाजबादी कार्यक्रम अन्र्तगत वडा नं. १ को आयोजनामा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।

बैशाख ०४ गते देखि ०६ गते सम्म महाभारत गाउँपालिका वडा नं. १ स्थित श्री भैरब मा. वि. धापमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने भएकोले उक्त भलिबल प्रतियोगितामा सहभागी भई खेल कौशल प्रदर्शन गर्न महाभारत गाउँपालिका भित्रका इच्छुक खेलाडी, संघ संस्था, क्लब र सम्बन्धीत सबैलाई वडा अध्यक्ष कान्छामान जिम्बाले आग्रह गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७५ हजार (कप, शिल्ड, मेडल र प्रमाणपत्र), द्धितिय हुने टिमलाई नगद रु ५० हजार (कप, शिल्ड, मेडल र प्रमाणपत्र), तृतिय हुने टिमलाई नगद रु ३० हजार (कप, शिल्ड, मेडल र प्रमाणपत्र) र चौथो हुने टिमलाई नगद रु १५ हजार कप, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष जिम्बाले बताए ।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क रु २ हजार र बैशाख ३ गते सम्म टिम दर्ता समय तोकिएको छ । टिमको क्याप्टेन प्रशिक्षक सहित ११ जना खेलाडीको नामवाली र सहभागी खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र उपलब्ध गराउन आयोजकले आग्रह गरेका छन् । साथै खाना, खाजा र बस्ने ब्यबस्था खेलाडीहरु आफैले गर्नुपर्ने आयोजकले जानए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय