खानीखोला, काभ्रे । जिल्लाको खानीखोला गाउँपालिका वडा नः ५ को मा ६० बर्ष भन्द माथिका वृद्ध, वृद्धिहरुलाई सम्मान गरेको छ ।

सोमबार नयाँ बर्षको अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ६० बर्ष भन्द माथिका ११० जनालाई गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) र वडा अध्यक्ष बुद्धि बहादुर स्याङतानले दोसल्ला र कप प्रदान गरि सम्मान गरिएको हो । सो कार्यक्रममा ५० जना उत्कृष्ट व्यवसायी, युवा समाजसेवी, बुद्धिजीवी, महिला स्वमसेवी, कर्मचारीहरुलाइ मायाको चिनो दिई सम्मान गरेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थिङ्ले वडा कार्यलयलाई यो उत्साह र नमूना काम नयाँ बर्षमा सुरु गरेकोमा खुसीसंगै धन्यवाद व्यक्त गरेका छन् । यो कार्यक्रमले वृद्ध आमा, बुवा तथा युवाहरुमा उत्साह जोसजागरणका साथ हरेक क्षेत्रमा लगनशील र मेहनतमा उर्जाशिल भएर लाग्ने बिश्वास व्यक्त गरे । करिव ९० बर्ष उमेरमा सम्मानित तथा सरकारको तर्फबाट दोसल्ला र कप, मायाको चिनोले सम्मानित भएकोमा स्थानीय खडानन्द आचार्य खुसीसंगै उत्साह भएको खुसी व्यक्त गरेका थिए ।

वडा नः ५ का अध्यक्ष बुद्धि बहादुर स्याङतानको अध्यक्षता सम्मान त शुभकामना कार्यक्रममा सम्बोधन गर्दै सदबहार जनतासंगै जनताको समस्य तथा यहाँका हरेका काममा अग्रसर भएर लाग्ने सेवा सुबिधा कुनै पनि कमिकमजोरी नराखी काम गरेर आफ्नो वचन पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रम विभिन्न समाजसेवी, बुद्धिजीवी , युवा, प्रहरी , विभिन्न राजनीतिक दलहरुको उपस्थितिमा सम्मान तथा शुभकामना कार्यक्रम भव्य रुपमा वडा कार्यलयको प्राङ्गणमा सम्पन भएको थियो । भने कार्यक्रम सन्चालिक सृजना थिङ्ले गरेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय