महाभारत, काभ्रे । काभ्रको महाभारत गाउँपालिकाले वडाहरुको विभिन्न स्थानमा ’सीपमुलक तालिम’ आयोजना गर्ने भएको छ। गाउँपालिकाले १ सय ६० जनालाई (१६० देखि १८० ) घण्ट सम्मको निःशुल्क तालिम दिन लागेको हो ।

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहल, काठमाण्डौको आर्थिक सहयोगमा विभिन्न तालिम प्रदायक संस्थाद्वारा महाभारत गाउँपालिकामा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेकाहरुलाई निशुल्क तालिम दिने गाउँपालिकाले जनाएको छ ।

नेश्नल मानस विकास ट्रेनिङ ईस्टच्युट प्रा.लि., आदर्श ईन्टरनेशनल ट्रेनिङ ईस्टच्युट प्रा.लि., गौरी ईन्टरनेश्नल टेक्निकल एकेडेमी प्रा. लि. ईन्क्लुसिभ कन्सलटेन्स प्रा. लि. र ट्रेनिङ सेन्टर नेपाल प्रा.लि.संस्थाद्वारा असिस्टेन्ट टायल मार्बल, फिक्सर, मेसन, बील्डिङ ईलेक्ट्रिसियन र हाउस पेन्टरको निःशुल्क तालिम दिनेछ ।

’शिक्षालाई सीपसँग’, ’सीपलाई श्रमसँग’ र ’श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

तालिम लिन इच्छुकहरुले यहि बैशाख ७ गते भित्र पासपोर्ट साईजको फोटो – २ प्रति र नागरिकताको प्रतिलिपी – १ थान सहित वडा कार्यालयमा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेका छ । साथै बिजय संजाली ९८६०८९५५७६ सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय