खानीखोला, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकामा वृहत साहित्यिक कार्यक्रम तथा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा अविरल साहित्य समाजको आयोजनामा उक्त कार्यक्रम गाउँपालिका सभा हलमा आइतारबार भव्य रूपमा सम्पन्न भएको हो ।

राष्ट्रिय कवि मनु मन्जिलको प्रमुख अतिथ्यतामा भएको थियाे । कार्यक्रममा बोल्नु हुदै जिल्लाको खानीखोला गाउँपालिका साहित्यिक क्षेत्रमा अग्रसर र आफ्नो प्रतिभालाई प्रस्तुत गरी राष्ट्रिय स्तर सम्म पु¥याउन आर्थिक सहयोग गर्ने खानीखोला गाउँपालिका सरकार र आयोजक अविरल साहित्य समाजलाई कवि मन्जिलले धन्यवाद तथा खुसी व्यक्त गर्नुभएको थियो । उनले प्रतियोगितामा सहभागी मध्येबाट उत्कृष्ट कविता चयन गरि आफ्नो स्तरबाट गर्नु पर्ने साथ सहयोग र सहकार्य गरि अघि बढने प्रतिबद्धता गर्नुभयो ।

गाउँपालिकाको सहयोगमा खुल्ला कविता प्रतियोगिता आयोजन गरि पालिका स्तरीय साहित्य क्षेत्रमा रुचि राख्ने आफ्नो प्रतिभालाई प्रस्तुत गरि गाउँपालिकाको शिर उच्च राखी साहित्य क्षेत्रबाट विश्व सामु चिनाउन सफल हुनका लागि अविरल साहित्य समाजलाई धन्यवाद सहिद उज्वल भविष्य शुभकामना तथा आफुले सकेको साथ सहयोग पालिका सरकारबाट गर्ने गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) ले प्रतिबद्धता व्यक्त गनुभयो ।

प्रतियोगितामा १३ जना सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान तोप बहादुर राण मगर , द्धितीय स्थान लोक बहादुर थोकर, तृतीय स्थान मन कुमारी थिङ र सान्त्वनामा सरिता तिमल्सिनाले प्राप्त गरका थिए ।

प्रतियोगितामा विजयीहरुलाई क्रमस प्रथम स्थान हुनेलाई रु १५००० द्धितीय स्थान हुनेलाई रु १०००० तृतीय स्थान हुनेलाई रु ५००० र सान्त्वना हुनेलाई रु २००० नगद पुरस्कार तथा मायाको चिनोले प्रमुख अतिथी, विशिष्ट अतिथी, अविरल साहित्य समाजका अध्यक्षले प्रदान गरेका थिए ।

कार्यक्रममा अविरल साहित्य समाजका अध्यक्ष टीका राज थिङको अध्यक्षतामा गाउँपालिकाको सभा हलमा सम्पन्न भएको थियो । भने कार्यक्रममा विशिष्ट अतिथी गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा गाउँपालिका प्रशासकीय प्रमुख जीवन राज अर्याल, सातै वडाका अध्यक्षहरु, शिक्षक, पालिका स्तरीय शाखा प्रमुख, मातृ भुमी साहित्य समाजका टिम कार्यक्रम सन्चालिका सृजना थिङ लगाएतको उपस्तिथिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय