काभ्रे । काम गर्ने सिलसिला घाईते भएर पिसाब थैलीमा समस्या भएका २९ बर्षका चन्द्र लुङ्गेलीलाई उपचारको लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै चन्द्रको परिवारले सहयोगको माग गरेको हो ।
काभ्रेको महाभारत गाउँपालिका १ गोकुले धाप बस्ने चन्द्र लुङ्गेली १६ महिना देखि घाईते भएर पिसाब थैलीमा समस्या भएर उपचार गर्दै आएकोमा हाल अप्रेसनका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा ईच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेका छन् ।


घाईते पछि पिसाब थैलीमा समस्या भएका चन्द्रको हाल धुलिखेल अस्पातलमा उपचार भइरहेको र आर्थिक अवस्था निकै नाजुक भएका चन्द्रको परिवारले घरमा भएको पैसा र अन्य ठाउँबाट ऋण खोजेर भएपनि हाल सम्म उपचार गराइ रहेको थियो । उपचार र अपरेशनको लागि रकम आवश्यक परेकोले आर्थिक समस्या खडा भएको उन भेनाजु चन्द्र दर्लामीले ग्लोबल खबरलाई बताए ।
परिवारले मनकारी महानुभावहरुसँग सहयोगको अपिल गरेको छ । सहयोगका लागि उनका भेनाजु चन्द्र बहादुर दर्लामी मगरको खाता नम्बर यहाँ उल्लेख छ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको चन्द्र बहादुर दर्लामी मगरका नाममा ०९३०५३८४४२२०९००१ नम्बरको खाता रहेको छ । उक्त खातामा सहयोग गर्न सकिने छ । थप जनकारीको लागि चन्द्र लुङ्गेली(बिरामी) ९७६८३६६२९७ र चन्द्र बहादुर दर्लामी ९८६१७८८१७२ सम्पर्क गर्न सक्नुहुने छ ।










